पुटिनको आंशिक परिचालनः प्रदर्शनकारीलाई हिरासतबाटै लगियो भर्ति केन्द्रमा

पुटिनको आंशिक परिचालनः प्रदर्शनकारीलाई हिरासतबाटै लगियो भर्ति केन्द्रमा


रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको नयाँ ‘आंशिक परिचालन’को विरोधमा देशभरि प्रदर्शन जारी रहँदा अधिकारीहरूले सयौं मानिसहरूलाई गिरफ्तार गरेका एक स्वतन्त्र अधिकारवादी समूहले जनाएको छ । ओभिड–इन्फोले ३२ विभिन्न शहरहरूमा ७२४ जनालाई नियन्त्रणमा लिएको बताएको छ  ।

राष्ट्रपति पुटिनले युक्रेनमा लड्नका लागि ३ लाख पुरुष तयार गर्ने योजना घोषणा गरेपछि व्यापक प्रदर्शन सुरु भएको छ ।

रुसी कानुनअन्तर्गत अस्वीकृत जुलुसहरू प्रतिबन्धित छन् । तर, नागरिकहरूलाई सेनामा भर्ना गर्ने पुटिनको कदमले शहरी क्षेत्रहरूमा ठूलो मात्रामा विरोध प्रदर्शन गरेको छ । यस हप्ताको सुरुमा प्रदर्शनहरूमा १ हजार भन्दा बढी मानिसहरूलाई पक्राउ गरिएको थियो । ‘हामी तोपको चारा होइनौं’ भनेर कराउँदै गरेकी एक महिला प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । र, रसियाको दोस्रो सहर सेन्ट पिटर्सबर्गमा एक व्यक्तिले पत्रकारहरूलाई भने, ‘म पुटिनको लागि युद्धमा जान चाहन्न । ’

७० वर्षीया नताल्या डुबोभाले आफूले सदैब  युद्धको विरोध गरेको बताइन् । शनिबार पक्राउ परेकामध्ये केहीलाई भर्ती केन्द्रहरूमा जान आदेश दिइएको प्राप्त विवरणहरुमा जनाइएको छ । -एजेन्सी

Logo