सिंहदरबारभित्रै कर्मचारी मृत फेला

सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगको परिसरभित्र कर्मचारीको शव फेला परेको छ ।

राष्ट्रिय योजना आयोगमा कार्यारत सुब्बा बच्चु केसी मृत अवस्थामा भेटिएका हुन् । उनले विष सेवन गरेर आत्महत्या गरेको आशंका गरिएको छ । नासु केसी गएराति कार्यालयमै बसेको र उनले राति विष सेवन गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।