हालसम्म चलचित्र ‘प्रेमगीत ३’ ले कति कमायो ?

हालसम्म चलचित्र ‘प्रेमगीत ३’ ले कति कमायो ?


नेपाली चलचित्र ‘प्रेमगीत ३’ गत शुक्रबारबाट विश्वभर प्रदर्शनमा आएको छ । नेपाल, भारतसहित विभिन्न देशमा एक साथ प्रदर्शनमा आएको चलचित्रले दर्शकको उत्साहजनक साथ पनि पाएको छ । 

विश्वभर १२ सय स्क्रिनमा प्रदर्शन भएको चलचित्रले बक्स अफिसमा राम्रो कमाइ गरेको छ। निर्माता तथा निर्देशक सन्तोष सेनका अनुसार दुई दिनमा नेपालमा सवा ४ करोड रुपैयाँ कमाएको छ । नेपाली संस्करणले घरेलु बक्स अफिसमा शुक्रबार २ करोड ५ लाख ग्रस र शनिबार २ करोड २० लाख रुपैयाँ ग्रस कमाएको बताइएको छ । 

साथै भारतमा हिन्दी संस्करणले दुई दिनमा १ करोड ९५ लाख भारु कमाएको छ । शुक्रबार भारतमा १ करोड १२ लाख र शनिबार ८३ लाख भारु कमाइ भएको हो । ओभरसिजमा भने दुई दिनमा फिल्मले २ करोड ९० लाख भारु कमाएको छ । दुई दिनमा चलचित्रले हिन्दी र नेपाली संस्करणमा विश्वव्यापी ८ करोड ७९ करोड भारु अर्थात् १४ करोड ६ लाख रुपैयाँ कमाएको बताइएको छ ।

भारतमा प्रेमगीत ३ लाई जी–म्युजिक, यूएफओ र मधु इन्टटेनमेन्टले प्रदर्शन गरेको हो । चलचित्रमा अभिनेता प्रदीप खड्का र अभिनेत्री क्रिस्टिना गुरुङका साथै सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय छ ।

Logo