चाडपर्वलाई लक्षित गरेर गोदरेजले २६% सम्म ‘क्यास ब्याक’ अफर ल्याएको छः प्रभात बराल, बजार प्रबन्धक, गोदरेज ब्रान्ड

चाडपर्वलाई लक्षित गरेर गोदरेजले २६% सम्म ‘क्यास ब्याक’ अफर ल्याएको छः प्रभात बराल, बजार प्रबन्धक, गोदरेज ब्रान्ड


भारतको नम्बर वन रेफ्रिजेरेटर ब्राण्ड गोदरेजले नेपालीहरुको महान् चाड दशैं(तिहारलाई लक्षित गर्दै ‘क्यास सर्प्राइज’ योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरुले गोदरेजको होम एप्लायन्सहरुको खरिदमा आकर्षक क्यासब्याक र उपहारहरु प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । ग्राहकहरुले यो योजनाको लाभ सीमित अवधिका लागि नेपालभर उठाउन सक्नेछन् । 

ग्राहकहरुले हरेक गोदरेजको सामानको खरिदमा अधिकतम छुट र आकर्षक उपहारहरु पाउन सक्नेछन् । फ्रन्ट लोड वाशिङ मेसिनको खरिदमा आकर्षक छुटको साथै ६ केजी सर्फ एक्सेल म्याटिक वाशिङ पाउडर र टप लोड वाशिङ मेसिनको खरिदमा आकर्षक छुटको साथै ३  केजी सर्फ एक्सेल म्याटिक वाशिङ पाउडर पनि पाउन सकिनेछ भने सेमी अटोमेटिक वाशिङ मेसिनको खरिदमा २ केजी सर्फ एक्सेल म्याटिक वाशिङ पाउडर पाउनुका साथै माईक्रोवेभ ओवनमा आकर्षक छुट पाउन सकिनेछ। 

दसैंतिहारलाई ध्यानमा राखेर उपभोक्ताका लागि गोदरेजले क्यासब्याक अफर ल्याएको छ । कुनै एउटा सामानको खरिदमा उपभोक्ताले २६ प्रतिशतसम्म छुट पाउनेछन् ।

त्यसैगरी रेफ्रिजेरेटर, एअर कूलर, छोटुकूल, चेस्ट फ्रीजर, एसी र भाईरोशिल्डको खरिदमा पनि आकर्षक छुट पाउन सकिने कम्पनीले जनाएको छ। साथै एसीमा आकर्षक छुट र रु ४,००० बराबरको निःशुल्क एसि जडान सुबिधा पाउन सकिनेछ। यसका साथै कम्पनीले फ्री डेलिभरी, फ्री इन्स्टलेशन एन्ड डेमो र शुन्य प्रतिशतमा फाइनान्स सुबिधा पनि प्रदान गरेको छ।

नेपालभर गोदरेजको ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्स अन्तर्गत सिजी इओएल रहेको छ । सिजी ईलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरुलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जाल मार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ।

दसैंतिहारजस्ता चाडपर्वलाई लक्षित गरेर गोदरेज कम्पनीले के–के अफर ल्याएको छ भनेर हामीले बजार प्रबन्धक प्रभात बरालसँग कुराकानी गरेका छौ । 

पछिल्लो वर्षसम्म १० देखि १२ प्रतिशतसम्म बजार कभर गरेका थियौं भने यो वर्ष २० प्रतिशतसम्म बजार कभर गर्ने लक्ष्य छ । सोहीअनुसारको योजना छ र अघि बढेका छौं ।

गोदरेजकै उत्पादन किन उपभोग गर्ने उपभोक्ताले ?
-गोदरेज भनेको भारतको एक नम्बर ब्रान्ड हो । नेपालमा चौधरी ग्रुप अन्तर्गत बजारमा सामान उपलब्ध गराउँछ । ६३ वर्ष पहिला स्थापना भएको हो यो कम्पनी । यसका प्रोडक्ट कति चर्चित छ भन्ने कुरा यसको नाम नै काफी छ । नेपालको व्यापार भारतसँग मिल्छ । इन्डियन ब्रान्ड भएकाले सजिलो छ हामीलाई । विशेष गरेर सिङ्गल ड्वोरमा गोदरेजको रेफिजेनेरेटर नम्बर वन ब्रान्ड नै हो । साथै हामीले यसका लागि १० वर्षको वारेन्टी पनि दिएका छौं । यो पनि हाम्रा लागि प्लस प्वाइन्ट हो ।   

दसैं तिहारलगायत चाडपर्वलाई लिएर बजारमा अफरको प्रतिस्पर्धा नै छ । गोदरेजका विशेष अफर के छन् ?
-दसैंतिहारलाई ध्यानमा राखेर उपभोक्ताका लागि गोदरेजले क्यासब्याक अफर ल्याएको छ । कुनै एउटा सामानको खरिदमा उपभोक्ताले २६ प्रतिशतसम्म छुट पाउनेछन् । यसमा वारेन्टीको कुरा पनि कायमै रहन्छ । यसले गर्दा चाडपर्वमा गोदरेजका प्रोडक्टहरु सस्तो पर्न आउछ । 

नेपालभरी अहिले हामीले २६ वटा ठाउँबाट सर्भिस दिइरहेका छौं । जसले गर्दा उपभोक्तालाई कुनै पनि कमेन्ट आयो भने तत्काल मर्मतका लागि सजिलो छ ।

नेपाली बजारमा गोदरेजका कुनकुन इलेक्ट्रिक प्रोडक्टहरु पाइन्छन् ?
-करिब १२ वर्षअघि नेपालमा हामीले सुरु गर्दा एउटा प्रोडक्टबाट सुरु गरेको हो । सिंगल र डबर डुवरको रेफ्रिजेनेरेटरबाट सुरु गरेको हो । आज आएर आधा दर्जनभन्दा बढी प्रोडक्ट हामी बजारमा लैजान्छौ । अहिले हामी रेफ्रिजेनेरेटरसहित वासिङ मेसिन, कुलर, एसी, माइक्रो ओभन बजारमा ल्याएका छौं । 

गोदरेजको प्रतिस्पर्धा को सँग छ अहिले ? 
-विशेष गरेर हाम्रो प्रतिस्पर्धा हामीसँगै छ । तर पनि केही प्रतिस्पर्धी ब्रान्डभन्दा हामीले धेरै बिक्री त गर्नैछ । उनीहरुको उत्पादनभन्दा पनि रेफ्रिजेनेरेटरमा सिंगल डुवरको रेन्ज अहिले पनि हामीसँग सबैभन्दा बढी छ । सिंगल ड्वरमा अहिले पनि १५÷१६ वटा रेन्ज छ । डवलमा पनि ८-१० वटा छ । यसले गर्दा पनि हामीले बजार कभर गर्न सकेका छौं । पछिल्लो वर्षसम्म १० देखि १२ प्रतिशतसम्म बजार कभर गरेका थियौं भने यो वर्ष २० प्रतिशतसम्म बजार कभर गर्ने लक्ष्य छ । सोहीअनुसारको योजना छ र अघि बढेका छौं । हुन्छ पनि । 

अहिले इलेक्ट्रोनिक्सको बजार छ । सबैभन्दा ठूलो कुरा के हो भने गोद्रेजको उत्पादनमा उपभोक्ताले विश्वास गरेन नै १० वर्षको ग्यारेन्टी दिएका हौं । 

विगतको वर्षभन्दा यो वर्षको चाडपर्वमा फरक के छ ?
-निश्चय पनि हरेक वर्ष फरकफरक त गर्नै पर्छ र ल्याएका पनि छौं । यो वर्ष हामीले २६ प्रतिशतसम्म क्यासब्याकको अफर सिंगल डुवर रेफ्रिजेनेरेटरमा दिएका छौं । चेस फ्रिजरमा पनि हामीले क्यासब्याक अफर राखेका छौं । वासिङ मेसिनमा सर्फहरु राखेका छौं । माइक्रो ओभरमा पनि क्यासब्याक र किट राखेका छौं । 

कम्पनीहरुले फरकफरक अफर ल्याएका छन् । कुन कम्पनीको पोडक्ट उपयुक्त छ भनेर कसरी छनोट गर्ने ?
-सबैभन्दा अगाडी बिक्रीपछिको सर्भिस कस्तो छ भन्ने कुराले महत्त्वपूर्ण भूमिका खेल्छ । नेपालभरी अहिले हामीले २६ वटा ठाउँबाट सर्भिस दिइरहेका छौं । जसले गर्दा उपभोक्तालाई कुनै पनि कमेन्ट आयो भने तत्काल मर्मतका लागि सजिलो छ । मेरो सामान बन्दै न कि भन्ने अविश्वास गर्नुपर्ने ठाउँ छैन । चौधरी ग्रुपका लागि यहीँ नै मूख्य विशेषता हो । यो उपभोक्ताका लागि सकारात्मक पनि छ । अहिले इलेक्ट्रोनिक्सको बजार छ । सबैभन्दा ठूलो कुरा के हो भने गोद्रेजको उत्पादनमा उपभोक्ताले विश्वास गरेन नै १० वर्षको ग्यारेन्टी दिएका हौं । 

गोदरेजको उत्पादन प्रयोग गर्ने उपभोक्ताका लागि के सुझाव छ तपाईको ?
-चौधरी ग्रुपमार्फत् गोदरेजमा देशैभरका १४३ वटा काउन्टरबाट जोडिनु भएका उपभोक्ताहरुलाई ढुक्क हुन पनि आग्रह गर्न चाहान्छु । दसैंतिहारसहितका चाडपर्वमा सामान खरिद गर्दै हुनुहुन्छ भने क्यासब्याक अफर नछुटाउनु होला ।  

Logo