अक्षय कुमारले सार्वजनिक गरे ‘राम सेतु’ को नयाँ पोस्टर

अक्षय कुमारले सार्वजनिक गरे ‘राम सेतु’ को नयाँ पोस्टर


अक्षय कुमार आफ्नो फिल्म राम सेतुलाई लिएर लामो समयदेखि निकै चर्चामा छन्।

अक्षयले आफ्नो फर्स्ट लुक सार्वजनिक गरेपछि मात्र यो फिल्म चर्चामा आएको थियो । यसबाहेक फिल्मको नामलाई लिएर पनि निकै विवाद भएको थियो । यी सबैको बीचमा अब फिल्मको ट्रेलर रिलिजको खबर आइरहेको छ । अघिल्लो दिन, अक्षय कुमारले आफ्नी छोरी निताराको जन्मदिनमा फिल्मसँग सम्बन्धित एक पोस्ट सेयर गरेका थिए । अभिनेताले राम सेतुको नयाँ पोस्टर सेयर गर्दै नवरात्रीको पहिलो दिन फिल्मको बारेमा ठूलो घोषणा गर्ने वाचा गरेका छन् । पोस्टरमा अक्षय एकदमै फरक लुकमा देखिएका छन् र उनको वरिपरि तूफान जस्तो दृश्य देखिएको छ । 

राम सेतुमा अक्षय कुमार पुरातत्व विभागमा कार्यरत पुरातत्वविद्को भूमिकामा देखिनेछन् । यस फिल्ममा उनीसँगै ज्याकलिन फर्नान्डिज र नुसरत भरुचा मुख्य भूमिकामा छन् । राम सेतुलाई अभिषेक शर्माले निर्देशन गरेका हुन् । यस वर्ष अक्षय कुमारका तीनवटा फिल्म रिलिज भइसकेका छन् । जसमा ‘बच्चन पाण्डे, पृथ्वीराज र रक्षाबन्धन’ जस्ता फिल्म छन् । तर, तीनवटै चलचित्रले बक्स अफिसमा खासै कमाई गर्न सकेनन् । अब अक्षयलाई राम सेतुबाट धेरै आशा छ । अक्षयको यो फिल्म दीपावलीको अवसरमा अक्टोबरमा हलमा रिलिज हुँदैछ ।

Logo