हिन्द महासागरमा एस्ट्रोएडसँग ठोक्किनेछ नासाको अन्तरिक्ष यान

हिन्द महासागरमा एस्ट्रोएडसँग ठोक्किनेछ नासाको अन्तरिक्ष यान


अमेरिकी अन्तरिक्ष एजेन्सी ‘नासा’ले पृथ्वीबाट डाइनोसरको विनाश भए जस्तै मानिसलाई विनाशबाट बचाउन आज अन्तरिक्षमा ठूलो प्रयोग गर्ने भएको छ । 

नासाले पृथ्वीलाई क्षुद्रग्रह(एस्ट्रोएड)को खतराबाट बचाउने अभ्यासको एक भागको रूपमा आज आफ्नो डार्ट मिसन पूरा गर्नेछ । यस अन्तर्गत नासाको डबल एस्टेरोइड रिडायरेक्शन टेस्ट (डार्ट) अन्तरिक्ष यान भोली (मंगलबार नेपाली समय अनुसार बिहान ५ बजे) चट्टान डिमोर्फोससँग ठोक्किनेछ । यस अवधिमा नासाको अन्तरिक्ष यानको गति ६.६ किलोमिटर प्रति सेकेन्ड हुनेछ । नासाका अनुसार यो ३३ करोड डलरको अन्तरिक्ष यान हिन्द महासागरभन्दा ११ किलोमिटर वा १० करोड किलोमिटर माथि अन्तरिक्षमा रहेको एस्टेरोइड डिमोर्फोलाई टक्कर दिनेछ । डिमोर्फोस क्षुद्रग्रहले ७८० मिटर चौडा डिडिमोस क्षुद्रग्रहको परिक्रमा गरिरहेको छ । 

वैज्ञानिकहरुका अनुसार अन्तिम चरणमा डार्टले नै आफ्नो लक्ष्य अर्थात् डिमोर्फस पहिचान गर्नेछ । यस टक्करमा, आधा टन वजनको डार्ट स्पेसक्राफ्ट पूर्ण रूपमा नष्ट हुनेछ । अन्तरिक्षमा घुमिरहेको डिमोर्फोस चट्टान १६० मिटर चौडा रहेको छ । यो चट्टान अहिले मानवताका लागि खतरा होइन, तर यस टक्करबाट नासाले पहिलो पटक पृथ्वीलाई खतरामा पार्ने आकाशीय चट्टानको बाटो यस्तो टक्करबाट परिवर्तन गर्न सकिन्छ कि भनेर पत्ता लगाउने प्रयास गर्नेछ । 

लाखौं वर्षअघि विशाल क्षुद्रग्रह पृथ्वीसँग ठोक्किएपछि विशाल डाइनोसरहरुको मृत्यु भएको विश्वास गरिन्छ । यस्तै प्रकोपबाट मानिसलाई बचाउन नासाले यो प्रयोग गर्न लागेको हो । 

 

Logo