पाकिस्तानी सेनालाई ठूलो झट्का, बलुच विद्रोहीको आक्रमणमा हेलिकप्टर दुर्घटनामा परि ६ सैनिकको मृत्यु

पाकिस्तानी सेनालाई ठूलो झट्का, बलुच विद्रोहीको आक्रमणमा हेलिकप्टर दुर्घटनामा परि ६ सैनिकको मृत्यु


बलुचिस्तानमा भएको हेलिकोप्टर दुर्घटनामा पाकिस्तानी सेनाका दुई मेजरसहित ६ सैनिकको मृत्यु भएको छ । 

सोमबार पाकिस्तानी सेनाको मिडिया शाखा इन्टर सर्भिसेस पब्लिक रिलेसन्सले यो जानकारी दिएको हो । आईएसपीआरले भने कि यो घटना हिजो राति हर्नाई जिल्लाको खोस्ट सहर नजिकै उडान मिसनको क्रममा भएको बताएका छन् । बलुचिस्तान पोस्टले दाबी गरे अनुसार बलुच विद्रोहीहरूले सेनाको हेलिकप्टरलाई गोली हानेर छ सैनिक मारेका छन् । मारिनेमा दुई जना पाइलट पनि रहेका छन् । यसअघि अगस्टमा पनि हेलिकोप्टर दुर्घटनामा ६ पाकिस्तानी सैनिकको मृत्यु भएको थियो ।

बलुचिस्तान पोस्ट (टीबीपी)ले हेलिकप्टर दुर्घटनामा बलुच विद्रोहीको हात रहेको जनाएको छ । आतंककारीहरूले धेरै पाकिस्तानी सैनिकलाई अपहरण गरेको समाचार वेबसाइटले जनाएको छ । उद्धार कार्यका लागि दुईवटा गनशिप हेलिकप्टर यस क्षेत्रमा पठाइएको थियो जसमध्ये एउटालाई बलुच आतंककारीहरूले गोली हानेको थियो जसमा छ सैनिकहरू सवार थिए ।

यसअघि अगस्टमा पाकिस्तानी सेनाको हेलिकप्टर बेपत्ता भएको थियो । बेपत्ता भएको अर्को दिन हेलिकप्टर बलुचिस्तानमा दुर्घटनाग्रस्त भेटिएको थियो । सो दुर्घटनामा बलुचिस्तानमा बाढी राहत कार्यको निगरानी गरिरहेका ६ जना पाकिस्तानी सेनाका अधिकारीहरू मारिएका थिए ।

Logo