बैतडीमा अवरुद्ध ई–पासपोर्ट सेवा सञ्चालनमा

बैतडीमा अवरुद्ध ई–पासपोर्ट सेवा सञ्चालनमा


बैतडीमा अवरुद्ध रहेको विद्युतीय राहदानी (ई–पासपोर्ट) सेवा पुनः सञ्चालन भएको छ ।

विद्युतीय राहदानी जारी गर्ने सर्भरमा समस्या आएका कारण गत मंगलवारदेखि विद्युतीय राहदानी सेवा बन्द भएको थियो । विद्युतीय राहदानी इनरोलमेन्ट तथा विद्युतीय राहदानी सर्भरको कनेक्सनमा समस्या आएको भन्दै सेवा बन्द गरिएको थियो ।  

केन्द्रबाटै समस्या समाधान गरिएपछि सेवा सञ्चालन भएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए । यसअघि गत असारमा पनि यही समस्याले केही दिन विद्युतीय राहदानी बन्द भएको थियो । 

जिल्लामा गत जेठ १२ गतेदेखि विद्युतीय राहदानी सेवा दिन शुरू गरिएको थियो । 

Logo