पुनः देखियो कोरियामा कोरोना

पुनः देखियो कोरियामा कोरोना


सउल । कोरियामा कोभिड–१९ को सङ्क्रमण पछिल्लो समय पुनः देखा परेको छ । लगभग नियन्त्रणमा आइसकेको कोरोना यस पटक राजधानी सउल तथा आसपासका क्षेत्रमा देखा परेको हो । जनस्वास्थ्यविद्ले सङ्क्रमण नियन्त्रण बाहिर जानसक्ने जनाएका छन् ।

कोरिया रोग नियन्त्रण केन्द्रकाअनुसार सउल लगायत आसपासका शहर इन्छन र ख्याङ्गिदोमा कोरोना फैलिएको छ । यसका कारण कुनै एक शहर मात्र सिल गरेर नियन्त्रण गर्न सकिने अवस्था नरहेको जनाइएको छ । विशेष गरी सभा ¥यालि, रेष्टुरेन्ट तथा सार्वजनिक चाप बढी हुने स्थानबाट भाइरस सङ्क्रमण फैलिएको हो ।

हाल कोरिया सरकारले चर्चका सम्पूर्ण कार्यक्रमहरूमा रोक लगाएको छ । साथै भीडभाड र सार्वजनिक कार्यक्रममा प्रतिबन्ध लगाउनुका साथै सामाजिक दूरीलाई थप कडा परेको छ । कोरियामा कोरोना सङ्क्रमितको सङ्ख्या १५ हजार ७ सय ६१ पुगेको छ ।–रासस

Logo