मेगा बैंकको काउन्टर स्वयम्भूको यातायात कार्यालयमा

काठमाडौं,

मेगा बैंक नेपालले काठमाडौंको स्वयम्भू ठूलो भ¥याङस्थित यातायात व्यवस्था कार्यालयको परिसरमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको जनाएको छ ।

मेगा बैंकका नायव महाप्रबन्धक तुलसीराम पोखरेल र यातायात व्यवस्थापन कार्यालय ठूलो भ¥याङका कार्यालय प्रमुख कमला थापाले एक समारोहबीच संयुक्त रूपमा एक्सटेन्सन काउन्टरको उद्घाटन गरे ।

अब मेगा बैंकको एक्सटेन्सन काउन्टर संख्या २० पुगेको भन्दै बैंकले एक्सटेन्सन काउन्टरको विस्तारपछि यातायात कार्यालयमा राजस्व बुझाउने सेवाग्राहीहरूलाई सहज हुने विश्वास रहेको पनि जनाएको छ । अन्य सरकारी कार्यालयहरूमा पनि यसरी नै एक्सटेन्सन काउन्टर विस्तार गरी सेवा प्रदान गर्ने मेगा बैंकको योजना छ । ग्राहकको विश्वास जित्दै अघि बढिरहेको मेगा बैंकका उपत्यकासहित देशभर १ सय २ वटा शाखा कार्यालय छन् ।