संसारकै सबैभन्दा पुरानो रुख भेटियो

संसारकै सबैभन्दा पुरानो रुख भेटियो


दक्षिण अमेरिकी देश चिलीमा रहेको एउटा पुरानो रूख संसारको सबैभन्दा पुरानो हुन सक्छ अध्ययनकर्ताहरु बताउछन् । 

हालै गरिएको कम्प्युटर मोडेलले ‘ग्रान अबुएलो’ नामको यो रुख करिब ५ हजार ४०० वर्ष पुरानो हुन सक्ने देखाएको छ । यदि यसको मिति पुष्टि भयो भने, ‘ग्रान अबुएलो’ क्यालिफोर्नियाको ब्रिसलकोन पाइन भन्दा ६०० वर्ष पुरानो हुनेछ । जुन हाल सबैभन्दा पुरानो रूखको लागि आधिकारिक रेकर्ड राख्छ । ‘ग्रान अबुएलो’को सही उमेर अझै पुष्टि भइसकेको छैन । किनभने यसको लागि डेन्ड्रोक्रोनोलोजी विधि चाहिन्छ । यस विधिमा रूखको छल्ले विश्लेषण गरिन्छ । यसलाई रूखको उमेर निर्धारण गर्न सबैभन्दा सही मानक मानिन्छ । 

अझै पनि यस मोडेलको लागि प्रयोग गरिएको तथ्याङ्क सार्वजनिक रूपमा जारी गरिएको छैन र यसलाई कुनै जर्नलमा प्रकाशनको लागि पठाइएको छैन। पेरिसको क्लाइमेट एन्ड इन्भायरमेन्टल साइन्सेस ल्याबोरेटरीका जलवायु वैज्ञानिक तथा यो मोडल बनाउने अन्वेषक जोनाथन बारिचेभिच भन्छन्, ‘रुखको उमेर जुनसुकै होस्, रूख खतरा स्थितीमा छ र संरक्षण गर्न अति आवश्यक छ । पर्यटनका कारण यो रुखको अवस्था एकदम बिग्रँदै गएको अवस्थामा रहेको उनी बताउछन् । यससँगै जलवायु परिवर्तनले पनि रुखलाई असर गरिरहेको छ ।’

‘ग्रान अबुएलो’ वास्तवमा एलर्स कोस्टेरो भनिने रूखको एक प्रजाति हो । जोनाथनका अनुसार यो रुखको उचाइ करिब ६० मिटर छ । सुरुमा यो रुख ३५ सय वर्ष पुरानो भएको मानिन्थ्यो । 

Logo