जुम्लामा चन्दननाथ भैरवनाथको लिंगो फेरेर दशैं सुरु

जुम्लामा चन्दननाथ भैरवनाथको लिंगो फेरेर दशैं सुरु


जुम्लामा कर्णालीकै धरोहरका रूपमा स्थापित चन्दननाथ र बटुक भैरवनाथको लिंगो खडा गरी दसैँ सुरु भएको छ । 

जुम्लावासीले चन्दननाथ र बटुक भैरवनाथको लिंगो फेरेर विधिपूर्वक घटस्थापना तथा दशैंको सुरु भएको मान्दै आएको पाइन्छ । चन्दननाथ मन्दिरमा ५२ हातको लिंगो, ५२ हातको ध्वजा र नेजा लगाएर घटास्थापना सुरु गरिएको हो।

धार्मिक मान्यताअनुसार एक वर्षमा ५२ हप्ता हुन्छ, त्यस कारणले चन्दननाथ मन्दिरमा ५२ हातको लिंगो खडा गर्ने प्रचलन रहेको चन्दननाथ भैरवनाथ मन्दिर गुठीव्यवस्थापन समितिका सचिव जितबहादुर महतले बताए । 'बर्सेनि घटास्थापनाको दिनमा पुरानो लिंगो निकालेर नयाँ लिंगो खडा गर्ने चलन छ,' उनले  भने, 'सबैभन्दा ठूलो लिंगो ४७ हातको लिङ्गो र ४७ हातकै ध्वजा र नेजा राखिएको छ।'

एउटा ४५ हाते र अर्को ३७ हाते चारवटा लिङ्गो फेरिएको छ । चन्दननाथ र अखडा देवी र  बटुक भैरवनाथको गरी तीनवटा र एक विजयी  स्तम्भ गरी चार लिंगो खडा गरेको जानकारी दिएका उनले  वनजंगल नासिँदै गएपछि ५२ हाते लिङ्गा पाउन मुस्किल भएको बताए । 

नेपाली सेना, नेपाल प्रहरी, निजामती कर्मचारी र सर्वसाधारणको सहभागितामा लिङ्गो ठड्याइन्छ। लिङ्गो ठड्याइसकेपछि मात्र कर्णालीमा घटास्थपान सुरु हुन्छ।

Logo