नाच्नेले नाचम तीज गीत बजारमा (भिडियो सहित)

काठमाडौं,
हिन्दु महिलाहरुको महान चाड हरितालिका तीजको अवसर पारेर नाच्नेले नाचम बोलको तीज गीत बजारमा आएको छ । गितमा नबराज गौतमको शब्द र युबराज चौलागाईको लय रहेको छ ।

गीतमा युबराज चौलागाई, सबिता ढुंगाना, नबराज गौतम र संगीता अधिकारीले स्वर दिएका छन् । माया प्रेमले भरिएको गीतलाई बिक्रम चौहानले निर्देशन गरेका छन् भने छायांकन प्रकाश खड्का र सम्पादन लक्ष्मण चौहानले गरेका छन् ।

गितको भिडयो डिएआर मुभिज एण्ड फिल्मसको अफिसियल युटुव च्यानलबाट आम स्रोता तथा दर्शक माझ बजारमा आएको हो । गित यस्तो छ: