बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालको कप्तानी किरणले नै गर्ने

बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालको कप्तानी किरणले नै गर्ने


 
बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालको कप्तानी किरण लिम्बुले नै गर्ने भएका छन् ।

बंगलादेशविरुद्धको खेल अघि सोमबार आयोजित प्रि(म्याच कन्फरेन्समा नेपालको कप्तानी किरणले गर्ने जानकारी दिईएको छ । सोमबार भएको प्रि–म्याच कन्फ्रेन्समा कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईँसँगै कप्तान किरण उपस्थित भएका थिए ।

गत जेठमा कुवेतमा भएको एएफसी कप छनोटमा किरण टिममा थिएनन् ।अब्दुल्लाह अल्मुताईरीसँग खेलाडीको विवाद भएपछि त्यसमा खेलाडीको समर्थन गर्दा किरण टिममा परेका थिएनन् । हुमागाईँ कार्यवाहक बनेपछि किरण टिममा फर्कँदै कप्तानीमा पुनरागमन गरेका हुन् ।

नेपालले भोलि मंगलबार बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेल्दैछ ।

Logo