नाडा ईभी एक्स्पोमा यी स्टल बने उत्कृष्ट

नाडा ईभी एक्स्पोमा यी स्टल बने उत्कृष्ट


नेपालको इतिहासमै पहिलोपटक नाडा अटोमोवाईल्स एसोसिएसको आयोजनामा भएको ‘नाडा ईभी एक्स्पो’ सम्पन्न भएको छ । काठमाडौंको भृकुटीमण्डपमा चलेको इभी एक्स्पोमा ५१ वटा स्टल रहेका थिए, जसअनुसार चारपाँग्रे विद्युतीय सवारी साधनको ७, दुईपांग्रेको १६, टायरको ३, ब्याट्रिको २, अटोपार्टस् ५, ग्यारेज उपकरण र वित्तीय निकायसहित २४ वटा स्टल राखिएको थियो  । 

नाडा ईभी एक्स्पोका सभापति अनुप कुमार बरालका अनुसार सो एक्स्पोमा हुन्डाईको स्टल उत्कृष्ट घोषित भएको छ । साथै दुई पांग्रेतर्फको उत्कृष्ट स्टलमा जोय स्कुटरको स्टल तथा एन्सिलियरी/कम्पोनेन्ट/सपोर्टिङतर्फ नेपाल ड्राइभ्सको स्टल उत्कृष्ट घोषित भएको छ । 

४ दिनसम्म चलेको ईभी एक्स्पोमा  करिब ३५ हजार जनाले प्रत्यक्ष अवलोकन गरेको बताइएको छ । त्यसक्रममा अवलोकनकर्ताको चापको व्यवस्थापनको लागि नाडाले खल्ती एप मार्फत टिकट काट्न सकिने व्यवस्थासमेत गरेको थियो । वातावरणमैत्री विद्युतीय सवारी साधनको प्रयोगले पेट्रोलियम पदार्थको खपत कम गर्ने भएकाले ग्रिन नेपालको अवधारणा साकार हुने लक्ष्यका साथ नाडाले ईभी एक्स्पो आयोजना गरेको हाे। 

नाडाले १९९८ देखी नै नाडा अटो शो गर्दै आएको थियो । प्रत्येक वर्ष दसैंको मुखमा नाडा अटो शो हुन्थ्यो । तर, दुई वर्षदेखि कोभिड १९का कारण अटो शो हुन सकेको थिएन । यो वर्ष भदौ पहिलो हप्ताबाट अटो शो गर्ने तयारी थियो । तर सरकारले पेट्रोलियम पदार्थबाट चल्ने कार, जीप र भ्यानको आयातमा लगाएको प्रतिबन्ध लम्ब्याएपछि नाडाले अटो एक्स्पोको साटो ईभी एक्स्पोको आयोजना गरेको हो । 

Skip This
Logo