मनास्लु हिमपहिरो अपडेटः दुई घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

मनास्लु हिमपहिरो अपडेटः दुई घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो


मनास्लु हिमाल आरोहणका क्रममा सोमबार बिहान १२ बजे तेस्रो र चौथो शिविरमा जाने मार्गमा गएको हिमपहिरोमा परेका दुई घाइतेको कैलाश हेलिकप्टरबाट उद्धार गरेर काठमाडौं ल्याइएको छ । 

कैलाशका प्रबन्धक निर्देशक प्रतापजंग पाण्डेले गोरखाको सामागाउँबाट कैलाशको हेलिकप्टरले दुई जना घाइतेलाई काठमाडौं बुढानीलकण्ठमा रहेको करुणा अस्पताल ल्याएको जानकारी दिए  । घाइतेहरूमा डेन्जी शेर्पा र जीतबहादुर तामाङ रहेका छन् ।

ती दुई घाइतेलाई सिम्रिक एयरको हेलिकप्टरले मनास्लु हिमालको ६ हजार ८ सय मिटर उचाईमा रहेको तेस्रो शिविरबाट उद्धार गरेर सामागाउँ झारेको थियो । त्यहाँबाट कैलाशको हेलिकप्टरमा काठमाडौं पठाइएको हो । हाल दुवैको करुणा अस्पतालमा उपचार भइरहेको छ ।

साथै हिमपहिरोमा परेर एक जनाको मृत्यु भएको छ । हिमाल आरोहणका लागि विदेशी पर्यटकसँगै सहयोगीको रुपमा गएका अनुप राईको मृत्यु भएको हाे । 

 

Logo