#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व626306437385830426832846523
नेपाल157281344220

डलर खाएर रविको पक्षमा आन्दोलन गरे- सांसद

सांसद खेमकुमार विकले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएका पत्रकार रवि लामिछानेको पक्षमा डलरवादीहरुले आन्दोलन गरिरहेको आरोप लगाएका छन्।

बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद विकले भने, ‘रविको पक्षमा भइरहेको यो आन्दोलनका पछाडि कुन शक्ति छ ? यो आन्दोलन डलर खाएर भइरहेको छ। सरकारको ध्यान यसमा जानुपर्छ, यसको छानबिन हुनुपर्छ।’

सांसद बिकले लामिछानेको पक्षमा गणतन्त्र र व्यवस्थाविरोधीहरुले आन्दोलन गरिरहेको दाबी गरे ।   ‘रवि लामिछानेसँग सम्बन्धित जुलुस, धर्ना देशका केही ठाउँमा भइरहेको छ। जसमार्फत् हिंसा भड्काउने कोशिश हुँदैछ’, उनले भने, ‘हिजै (मंगलबार) पनि काठमाडौँको माइतीघरबाट निस्केको जुलुसमा शंकास्पद पदार्थ (पेट्रोल?) भरिएका वियरका बोत्तल बोकेर हिँडेको देखेँ । त्यसपछि मैले तत्कालै प्रहरीका कमाण्डरलाई खबर गरेँ। त्यसपछि सम्भावित हिंसात्मक घटना टर्यो।’

सम्बन्धित समाचारहरु

ताजा समाचार