रवि पत्नी निकिताले दिइन् किशोर श्रेष्ठसहित ३ जनाविरुद्ध जाहेरी

काठमाडौं । सञ्चारकर्मी रवि लामिछाने पत्नी निकिता पौडेलले प्रेस काउन्सिल अध्यक्ष किशोर श्रेष्ठसहित ३ जनाविरुद्ध जाहेरी दिएकी छन् । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरी हिरासतमा रहेका रविका पत्नी निकिताले प्रहरीमा जाहेरी दिएकी हुन् ।

निकिताले जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ, नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरुद्ध बुधबार महानगरीय प्रहरी परिसर काठमाडौंमा पुगेर जाहेरी दिएकी हुन् ।

तर, उनीहरुले दिएको जाहेरी प्रहरीले लिन अस्विकार गरेको छ।  यो मुद्धा चितवन प्रहरीले हेरिरहेको भन्दै उनीहरुलाई चितवनमै जाहेरी दिन भनेको छ ।

जाहेरीमा  प्रहरी अनुसन्धानमा रहेको शालिकरामको आत्महत्यासम्बन्धी भिडियो किर्ते गरेको आरोप छ । उनले मुलुकी अपराध संहिता २०७४ को दफा २७६ र ७७ अनुसार जाहेरी दर्ता गराएकी हुन् । निकिता पौडेलको अधिवक्ता राजेन्द्र सेढाईका अनुसार उक्त भिडियोलाई उनीहरूले भिडियो किर्ते गरेका छन् ।

पुडासैनी साउन २० गते नारायणगढ बसपार्कको होटल कंगारुमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । उनलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा प्रहरीले गत बिहीबार रविसहित पत्रकार युवराज कँडेल र अस्मिता कार्कीलाई पक्राउ अनुसन्धान गरिरहेको छ । प्रहरीले मंगलबार थप पाँच दिनको म्याद थप गरेर अनुसन्धान थालेको छ ।

रबि लामिछानेलाई किन राखियो थप ५ दिन हिरासतमा ? अदालतमा के–के भयो ?