रविपत्नी निकिताकाे जाहेरी लिएन प्रहरीले

रवि लामिछानेकी श्रीमती निकिता पौडेलले दिएको जाहेरी महानगरीय प्रहरी परिसर काठमाडौंले दर्ता गर्न मानेन ।

घटना, भिडिओ, आरोपीहरूमाथि चितवन प्रहरीले छानबिन गरिरहेकाले निकिताको जाहेरी काठमाडौंबाट हेर्न नमिल्ने भन्दै निकितालाइ चितवन जान सुझाव दिएको प्रहरी उपरीक्षक अशोक सिंहले बताए।

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा सार्वजनिक भएको भिडियाे कीर्ते गरेको आरोपमा चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ र नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरूद्ध  जाहेरी दिन निकिता काठमाडौं प्रहरी परिसर पुगेकी थिइन्।

पुडासैनी आत्महत्या प्रकरणमा लामिछानेसहित तीन जनाविरुद्ध चितवन प्रहरीले आत्महत्या दुरूत्साहन मुद्दामा अनुसन्धान गरिरहेको छ।

चितवनले पनि जाहेरी लिन नमाने के हुन्छ ?

चितवन प्रहरीले पनि निकिताकाे जाहेरी लिन मानेन भने निकिताले सरकारी वकिलकाे कार्यालयमार्फत जाहेरी दिन सक्छिन् । यो प्रक्रिया अपनाइसकेपछि जाहेरी लिन प्रहरी बाध्य हुने कानुनी व्यवस्था छ ।