#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1155664153677644850146534851
नेपाल157843492036547

रवि प्रकरणको भिडियो कीर्ते गरेको पाइए के सजाँय हुन्छ ?

काठमाडौं । पत्रकार शालिकराम पुडाशैनी मृत्यु प्रकरणमा नयाँ नयाँ ट्विष्ट आउने क्रम जारी छ । आत्महत्या दुरुत्साहन गरेको आरोपमा यतिबेला चर्चित सञ्चारकर्मी रवि लामिछानेसहित तीन जना चितवन प्रहरी हिरासतमा छन् ।

उनीहरूलाई पाँच दिनको समय थपेर अनुसन्धान भईरहेको छ । पुडाशैनीले आत्महत्या गर्नुपूर्व बनाएको भनिएको भिडियोमा रविसहित, युवराज कँडेल र अस्मिता कार्कीको नाम लिएका थिए । सोही आधारमा उनीहरूमाथि अनुसन्धान थालिएको हो ।

एकातिर प्रहरीले आत्महत्या दुरुत्साहन अन्तर्गत अनुसन्धान थालेको छ भने अर्कोतिर रवि पत्नी निकिता पौडेलले पनि प्रहरीमा जाहेरी दिएकी छन् । तर, उनको जाहेरी काठमाडौं प्रहरीले लिन मानेनन् । उनलाई घटना भएको क्षेत्र, अनुसन्धान भइरहेको क्षेत्र पनि चितवननै भएकाले त्यही जान काठमाडौं प्रहरीले सुझाव दिएको हो ।

निकिताले चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ र नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरूद्ध जाहेरी दिन खोजेकी थिइन् । जाहेरीमा निकिताले प्रहरी अनुसन्धानमा रहेको शालिकरामको आत्महत्यासम्बन्धी भिडियो कीर्ते गरेको आरोप लगाएकी छन् ।

उनले मुलुकी अपराध संहिता २०७४ को दफा २७६ र २७७ अनुसार जाहेरी दर्ता गराउँदै हदैसम्मको सजाय माग गरेकी छन् । निकिताले अधिवक्ता राजेन्द्र सेढाई मार्फत जाहेरी दिएकी थिइन् । निकिताको जाहेरी परेसँगै घटनाले नयाँ मोड लिने देखिएको छ । मुलुकी अपराध संहिता २०७४ ले कसैले कीर्ते गर्न वा गराउन नपाइने उल्लेख गरिएको छ । कीर्ते गर्नेलाई ५ देखि १० वर्ष जेल सजाय तथा ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

संहिताको परिच्छेद २५ मा कीर्ते कसुर सम्बन्धि व्यवस्था गरेको छ । जसमा ‘कसैले सर्वसाधारण वा कसैलाई कुनै हानि, नोक्सानी वा क्षति पुर्‍याउने वा आफु वा कसैलाई कुनै लाभ पुर्‍याउने नियतले कुनै झुठ्ठा लिखत वा झुठ्ठा विद्युतीय अभिलेख वा लिखत वा विद्युतीय अभिलेखको झुठ्ठा अंश वा भाग बनाउने काम गरेमा निजले कीर्ते गरेको मानिनेछ।’ भनिएको छ ।

यस्तो कीर्ते गरेको प्रमाणित भएमा कम्तिमा ५ वर्षदेखि बढीमा १० वर्षसम्म जेल सजाय हुने व्यवस्था छ । राष्ट्रपतिबाट प्रमाणीकरण भएको लिखत कीर्ते गर्नेलाई दश वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ । त्यस्तै अदालतको फैसला वा आदेश कीर्ते गर्नेलाई आठ वर्षसम्म कैद र असी हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ ।

सरकारी वा सार्वजनिक लिखत कीर्ते गर्नेलाई सात वर्षसम्म कैद र सत्तरी हजार रुपैयाँसम्म जरिवाना तथा अन्य कुरा कीर्ते गर्नेलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था संहिताले गरेको छ । यो प्रकरणमा जाहेरी परेकालाई पाँच वर्ष कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुनसक्छ ।

कीर्ते सम्बन्धमा सार्वजनिक लिखत कीर्ते गरेकोमा थाहा पाएको मितिले दुई वर्षभित्रमा दिन पाउने कानूनी व्यवस्था छ । त्यस्तै अन्य कसूरमा त्यस्तो कसूर भएको कुरा थाहा पाएको मितिले छ महिना नाघेपछि उजुर लाग्ने छैन ।

भिडियो शालिकरामकै होः प्रहरी

उक्त भिडियोमा कुनै कीर्ते नगरीको प्रहरीले जनाएको छ । आत्महत्या गर्नुअघि नै शालिकरामले दुइटा भिडियो बनाएको भन्दै अनुसन्धानमा संलग्न प्रहरीले अधिकारीहरूले भिडियोमा कुनै पनि तलमाथि नगरिएको जनाएका हुन् ।

प्रतिवादीको तर्फबाट वकालत गर्दै आएका वरिष्ठ अधिवक्ताद्वय सुशिल पन्त, सुशिल पोखरेल तथा अधिवक्ता चुडामणी सापकोटाले समेत भिडियो सहि भएको प्रतिक्रिया दिएका छन् । मंगलबार चितवनमा आयोजित पत्रकार सम्मेलनमा उनीहरूले भिडियो शालिकरामकै भएको बताएका थिए ।

सम्बन्धित समाचारहरु

ताजा समाचार