राज्यले दिने स्वास्थ्य सुविधा छथर गाउँपालिकाले उपलब्ध गराउने

राज्यले दिने स्वास्थ्य सुविधा छथर गाउँपालिकाले उपलब्ध गराउने


नेपाल सरकार दिने स्वास्थ्य सुविधा छथर गाउँपालिकाले उपलब्ध गराउने भएको छ ।

मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गरिरहेका क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूले पाउने मासिक पाँच हजार गाउँपालिकाले उपलब्ध गराउने भएको गाउँपालिकाले जनाएको छ । सेवा लिन वडा कार्यालयबाट प्रक्रिया पूरा गाउँपालिकामा सूचीकृत हुनसमेत आग्रह गरिएको छ । 

गाउँपालिकाले दीर्घरोगीहरूलाई पाँच हजारदेखि २५ हजार सहयोग गर्दै आएको गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले बताए । ‘हामीले गाउँपालिकामा रहेका दीर्घरोगीहरूलाई सहयोग मात्रै गरेका छैनौं, स्वास्थ्य बिमासमेत नि:शुल्क गर्दै आएका छौं । गाउँपालिकामा रहेका नागरिकहरूलाई सरकार आफूसँग भएको अनुभूति दिलाउने उद्देश्यका साथ हामीले यस्ता कार्यक्रम सञ्चालन गर्दै आएका छौं,’ उनले भने ।

गाउँपालिकाले जेष्ठ नागरिकहरूलाई घरैमा पुगेर स्वास्थ्य जाँच औषधि वितरणका आएको छ । गाउँपालिकाको तथ्याङ अनुसार दीर्घरोगीलाई करिब २५ लाख रुपैयाँ वार्षिक सहयोग गरेको जनाएको छ । 

गाउँपालिकामा रहेका नागरिकहरूलाई स्वास्थ्य सेवा दिन विभीन्न वडामा स्वास्थ्य इकाइ केन्द्रहरू स्थापना गरेको छ । आर्थिक रूपमा कमजाेर तथा विपन्न परिवारका नागरिकलाई गाउँपालिकाले ल्याएको कार्यक्रमले राहत पाएको बताउँछन् । गाउँको केन्द्रमा स्वास्थ्य इकाइ स्थापनाले घन्टाैं लामो बाटो हिँडेर स्वास्थ्य सेवा लिनुपर्ने बाध्यता हटेको छथर-२ की सुकमाया लिम्बूले बताइन् । ‘गाउँमा औषधि नहुँदा सामान्य झापापखाला लाग्दासमेत बोकेर स्वास्थ्यचौकी जानुपर्थ्याे तरअहिले गाउँमै स्वास्थ्य केन्द्र छ हामीलाई सुविधा भएको छ,’ लिम्बूले भनिन् ।

गाउँगाउँमा सवारीसाधन नपुग्दा यहाँका नागरिकले कि घन्टाैं हिँडेर कि बोकेर स्वास्थ्य सेवा लिनुपर्ने बाध्यता थियो । 

Logo