बंगलादेशविरुद्ध खेल्ने नेपालको सुरुवाती-११ सार्वजनिक

बंगलादेशविरुद्ध खेल्ने नेपालको सुरुवाती-११ सार्वजनिक


बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपालको सुरुवाती-११ सार्वजनिक भएको छ ।

नेपालका कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाईले किरण चेम्जोङको कप्तानीमा सुरुवाती-११ घोषणा गरेका हुन् । दशरथ रंगशालामा नेपालले फिफा इन्टरनेसनल विन्डो अन्तर्गत बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

नेपाल र बंगलादेशबीचको खेल साँझ ५ः ३० बजे सुरु हुनेछ । घरेलु भूमिमा नेपाल बंगलादेशलाई हराएर समर्थकलाई दशैंको उपहार दिन चाहन्छ । बंगलादेश पनि नेपाललाई हराएर मैत्रीपूर्णमा लगातार दोस्रो जित निकाल्न चाहन्छ ।

नेपाली टोली 

किरण चेम्जोङ,रोहित चन्द, अनन्त तामाङ,दिनेश राजवंशी,सुमन अर्याल,तेज तामाङ, सेसेहाङ आङ्देम्बे, विशाल राई, सुजल श्रेष्ठ , विमल घर्तिमगर, अन्जन विष्ट  

Logo