नयाँ बसपार्कको होटलमा महिला र पुरुष नग्न अवस्थामा मृत भेटिए
File Photo

काठमाडौं । नयाँ बसपार्कको एक होटलमा महिला र पुरुष मृत अवस्थामा फेला परेका छन् । बसपार्कको मोरङ पर्वत गेस्ट हाउसमा चितवनका ३७ वर्षीय यमबहादुर मगर र मकवानपुरकी ३० वर्षीया सबिता भनिने सबिना बजगाईं मृत फेला परेका हुने । उक्त होटलको कोठा नं. १११ मा दुवै जना कटुट मात्र लगाएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।

घटनास्थलको प्रारम्भिक मुचुल्का उठाएर अनुसन्धान थालिएको महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी फणिन्द्र प्रसाईंले जानकारी दिए । कट्टु मात्र लगाएको अवस्थामा युवतीको शव खातको तलपट्टी र युवकको खाटमाथि भेटिएको डिएसपी प्रसाईंको भनाई छ । कसरी मृत्यु भयो भन्ने बारे अहिलेसम्म केही खुल्न नसकेको प्रहरीले जनाएको छ ।

उनीहरु मंगलबार राति ११ बजे होटलमा बसेका थिए । विहान खाना खान बोलाउँदा पनि ढोका खोलेका थिएनन् । दिउँसो १ बजेसम्म पनि ढोका नखोलेपछि प्रहरीलाई खबर गरिएको थियो । प्रहरी बोलाएर होटलको ढोका खोल्दा दुवैजना नग्न अवस्थामा मृत भेटिएको डिएसपी प्रसाईंले बताए ।

कोठामा मदिराका बोतलहरु पनि बरामद भएका छन् । घटनास्थल वरिपरि विष वा अन्य कुनै पनि प्रकृतिका औषधि नभेटिएको प्रहरीले जनाएको छ । दुवै जना विवाहित रहेको प्रहरीले जनाएको छ । महिलाका श्रीमान् वैदेशिक रोजगारीमा रहेको छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।