चलचित्र निर्देशक किशोर रानाको निधन

काठमाडौं,
चलचित्र निर्देशक किशोर रानाको आज निधन भएको छ । रानाको ६४ वर्षको उमेरमा ललितपुरको निदान अस्पतालमा निधन भएको हो ।

लामो समयदेखि मृर्गौला रोगबाट पीडित राना विगत ६ वर्षदेखि नियमित डाइलासिस गर्दै आएका थिए । भारतमा पुगेर पनि उनले उपचार गराएका थिए । तर, आर्थिक स्थिति कमजोर भएका कारण उनले मृर्गौला प्रत्यारोपण गर्न सकेका थिएनन् ।

रानाले ‘कर्जा, सीमारेखा, करोडपति, राँको, एक नम्बरको पाखे’ घामछाया, सीमारेखा, सन्तानको माया, बन्धकी, शिवशक्ती, मिस्टर मंगले, कारबाही लगायत दर्जन भन्दा धेरै सफल चलचित्रहरु निर्देशन गरेका छन् ।