अन्जनको ह्याट्रिकमा नेपालको सानदार जित

अन्जनको ह्याट्रिकमा नेपालको सानदार जित


फरवार्ड अन्जन विष्टको ह्याट्रिकमा नेपालले बंगलादेशमाथि सानदार जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा नेपालले बंगलादेशविरुद्ध ३-१ को जित निकालेको हो । 

साँझ साढे ५ बजेदेखि सुरु भएको खेलमा १७औं मिनेटमा विष्टले पहिलो गोल गरेका थिए। त्यसको १० मिनेटपछि नै उनले थप एक गोल थपे । त्यसपछि ३८औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे । यो विष्टको १०औं अन्तर्राष्ट्रिय गोल हो । 

यससँगै अन्जन राष्ट्रिय टोलीबाट ह्याट्रिक पूरा गर्नै छैटौ खेलाडी पनि बनेका छन् । यसअघि गणेश थापा, नरेश जोशी, निराजन रायमाझी, भरत खवास र नवयुग श्रेष्ठले ह्याट्रिक गरेका थिए । 

खेलको दोस्रो हाफमा बंगलादेशले एक गोल फर्काएको थियो । ५५औं मिनेटमा सजजत हुसेनले गोल गर्दै खेललाई ३–१ को स्थितिमा राेकेका थिए । दोस्रो हाफमा समेत नेपालले सुन्दर मौकाहरु पाएको थियो तर गोलमा परिणत गर्न सकेन। 

Logo