नेपाल टी–ट्वान्टी लिग मंसिर २६ गतेबाट हुने

नेपाल टी–ट्वान्टी लिग मंसिर २६ गतेबाट हुने


नेपाल टी–ट्वान्टी लिगको पहिलो संस्करण आगामी मंसिर २६ गतेबाट सुरु हुने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार विज्ञप्ति निकाल्दै पहिलो संस्करणको प्रतियोगिता मंसिर २६ देखि पुस १६ गतेसम्म आयोजना हुने जनाएको छ । क्यानले लिगको नयाँ मितिलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मान्यता दिएको समेत जनाएको छ ।

क्यानले पहिलो पटक आयोजना गर्न लागेको प्रतियोगितामा ६ टोलीले खेल्नेछन् ।प्रतियोगितामा विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, लुम्बिनी अलस्टार र फार वेस्टर्नले प्रतिस्पर्धा गर्ने छन् । 

यसअघि प्रतियोगिता असोज ८ बाट कात्तिक ५ सम्म हुने तालिका थियो। तर, सुरक्षाको कारण क्यानले मंसिरसम्मका लागि सारेको थियो। प्रतियोगिताका लागि  क्यानले ड्राफ्ट गरिसकेको छ । 

Logo