खाद्य सुरक्षा चुनौतीसँग जुध्न १४ अर्ब डलर खर्च गर्ने एडीबीको योजना

खाद्य सुरक्षा चुनौतीसँग जुध्न १४ अर्ब डलर खर्च गर्ने एडीबीको योजना


एसियाली विकास बैंक (एडीबी) ले सन् २०२५ सम्ममा १४ अर्ब अमेरिकी डलर बराबर खर्च गर्ने योजना सार्वजनिक गरेको छ । 

एडीबीको ५५औं वार्षिक बैठकले एसिया तथा प्रशान्त क्षेत्रमा आगामी तीन वर्षका लागि यस्तो योजना ल्याएको हो । एसिया र प्रशान्त क्षेत्रमा बिग्रिँदै गएको खाद्य संकटलाई कम गर्न र जलवायु परिवर्तन तथा जैविक विविधताको हानीका असरविरुद्ध खाद्य प्रणालीलाई बलियो बनाएर दीर्घकालीन खाद्य सुरक्षामा सुधार गर्न यो कार्यक्रम ल्याइएको एडीबीले जनाएको छ । 

अहिले उक्त क्षेत्रका १ अर्ब १० करोड मानिस गरिबी र खाद्यान्न अभावसँग जुधिरहेको एडीबीको विज्ञप्तिमा उल्लेख छ । कृषि सामग्रीको उपलब्धता, खाद्य उत्पादन तथा वितरण, सिँचाइ, जलस्रोत व्यवस्थापन, सामाजिक सुरक्षा तथा प्राकृतिक स्रोतमा आधारित वस्तुहरूबाट लाभ उठाउन सक्ने परियोजनामा लगानी गरिने एडीबीले जनाएको छ । 

Logo