डेङ्गु संक्रमितको संख्या २७ हजार ५ सय बढी पुग्यो, ३६ को मृत्यु

डेङ्गु संक्रमितको संख्या २७ हजार ५ सय बढी पुग्यो, ३६ को मृत्यु


नेपालमा डेङ्गु संक्रमणबाट मुत्यु हुनेको संख्या ३६  पुगेको छ ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (इडिसिडी) को पछिल्लो विवरणअनुसार हालसम्म डेङ्गु संक्रमणबाट मृत्यु हुनेको संख्या ३६ पुगेको हो । इडिसिडीका अनुसार संक्रमितको संख्या २७ हजार ५ सय ६९ पुगेको छ ।  पछिल्लो विवरण अनुसार बागमती प्रदेशमा २१ हजार ५ सय ८९ मा डेङ्गु भएको छ । 

लुम्बिनी प्रदेशमा ३ हजार ५०, सुदूरपश्चिम प्रदेशमा ८ सय २१, प्रदेश १ मा  ८१५ संक्रमित रहेको इडिसिडीले जनाएको छ। त्यस्तै मधेश प्रदेशमा ४०५ र कर्णालीमा २३६ जनामा डेङ्गु भएको छ । सातवटा जिल्लामा मात्रै २३ हजार ५ सय ७१ संक्रमित रहेको इडिसिडीले जनाएको छ । सबैभन्दा धेरै काठमाडौंमा ९ हजार ४ सय ९६ ललितपुरमा ६ हजार ४ सय ९८ जनालाई डेङ्गु भएको छ । यस्तै मकवानपुरमा २ हजार ६ सय ९१ दाङमा १ हजार ४ सय १० र भक्तपुरमा १ हजार ७६ जनामा डेङ्गु देखिएको छ । 

Logo