#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व4295253411549641012280631674764
नेपाल15523384246057108334
पाँचथर,सरकारले निकै महत्वकांक्षाका साथ ल्याउन लागेको राष्ट्रिय परिचयपत्र यसअघि लागू भएका जिल्लामा भने प्रयोगविहीन भएको छ । सरकारले पाइलट प्रोजेक्टका रूपमा सिंहदरवारसहित पूर्वी नेपालको पाँचथर जिल्लामा राष्ट्रिय परिचयपत्र लागू गरे पनि यो ‘सामान्य परिचयपत्र’मै सीमित भएको हो ।नागरिकतासहित अन्य परिचयजन्य कागजात विस्थापित गर्दै एउटै कार्डबाट सम्पूर्ण जानकारी उपलब्ध गराउने उद्देश्यले ल्याइएको राष्ट्रिय परिचयपत्र स्थानीयका लागि भने ‘बोक्नु न टोक्नु’ भने जस्तै भएको छ । कुनै पनि प्रयोगमा नआएपछि नागरिकहरूले बाकसमा थन्क्याएर राखेका छन् ।पाँचथरमा १ लाख १० हजार र सिंहदरबारका ७ हजार कर्मचारीलाई पहिलोचरणमा परिचयपत्र वितरण गर्ने योजना अनुरुप सुरु भएको यो कार्यक्रम वितरणमै सीमित भएको छ । केही प्रयोजनमा नआएपछि नागरिकले परिचयपत्र थन्क्याएका हुन् ।पहिलो चरण अन्तर्गत पाँचथर जिल्लाका नागरिक र सिंहदरबारका कर्मचारीलाई परिचयपत्र वितरण गर्ने तयारी अनुसार काम पूरा भएको राष्ट्रिय परिचयपत्र व्यवस्थापन तथा पञ्जीकरण विभागका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । उनका अनुसार यो प्रोजेक्टको कुल लगानी साढे ५ अर्ब हो । कारोबारबाट

राष्ट्रिय परिचयपत्र प्रयोगविहीन

पाँचथर,

सरकारले निकै महत्वकांक्षाका साथ ल्याउन लागेको राष्ट्रिय परिचयपत्र यसअघि लागू भएका जिल्लामा भने प्रयोगविहीन भएको छ । सरकारले पाइलट प्रोजेक्टका रूपमा सिंहदरवारसहित पूर्वी नेपालको पाँचथर जिल्लामा राष्ट्रिय परिचयपत्र लागू गरे पनि यो ‘सामान्य परिचयपत्र’मै सीमित भएको हो ।

नागरिकतासहित अन्य परिचयजन्य कागजात विस्थापित गर्दै एउटै कार्डबाट सम्पूर्ण जानकारी उपलब्ध गराउने उद्देश्यले ल्याइएको राष्ट्रिय परिचयपत्र स्थानीयका लागि भने ‘बोक्नु न टोक्नु’ भने जस्तै भएको छ । कुनै पनि प्रयोगमा नआएपछि नागरिकहरूले बाकसमा थन्क्याएर राखेका छन् ।

पाँचथरमा १ लाख १० हजार र सिंहदरबारका ७ हजार कर्मचारीलाई पहिलोचरणमा परिचयपत्र वितरण गर्ने योजना अनुरुप सुरु भएको यो कार्यक्रम वितरणमै सीमित भएको छ । केही प्रयोजनमा नआएपछि नागरिकले परिचयपत्र थन्क्याएका हुन् ।

पहिलो चरण अन्तर्गत पाँचथर जिल्लाका नागरिक र सिंहदरबारका कर्मचारीलाई परिचयपत्र वितरण गर्ने तयारी अनुसार काम पूरा भएको राष्ट्रिय परिचयपत्र व्यवस्थापन तथा पञ्जीकरण विभागका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । उनका अनुसार यो प्रोजेक्टको कुल लगानी साढे ५ अर्ब हो ।
कारोबारबाट

सम्बन्धित समाचारहरु