छिमेक लघुवित्तले बाेलायाे १० वर्षअघिको नगद लाभांश लिन सेयरधनीलाई

छिमेक लघुवित्तले बाेलायाे १० वर्षअघिको नगद लाभांश लिन सेयरधनीलाई


छिमेक लघुवित्तले १० वर्ष पुरानो नगद लाभांश बुझिदिन सेयरधनीसँग आग्रह गरेको छ । कतिपय सेयरधनीले आर्थिक वर्ष २०६९/७० देखि आर्थिक वर्ष २०७७/७८ सम्मको नगद लाभांश लिन नआएपछि कम्पनीले सूचना जारी गरेरै लिन बोलाएको हो ।

यसको लागि लघुवित्तको प्रधान कार्यालय मध्यबानेश्वर, काठमाडौंमा सम्पर्क गरेर नगद लाभांश बुझ्न कम्पनीले अनुरोध गरेको हो ।
 
यता, तोकिएको समयभित्र नगद लाभांश लिन नगएमा उक्त रकम लगानीकर्ता संरक्षण कोषमा पठाइने कम्पनीले उल्लेख गरेको छ । नगद लाभांश लिन जाँदा सेयर प्रमाणपत्र वा डिम्याट खाता नम्बरका साथै परिचयपत्र बोक्नुपर्नेछ ।

Logo