यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं । यू-१९ एसिया कप क्रिकेटका लागि नेपाल टोलीको घोषणा गरिएको छ । रोहितकुमार पौडेलको कप्तानीमा नेपाली टोली घोषणा गरिएको हो । टोलीमा सन्दीप जोरा, आसिफ शेख र सूर्य तामाङको पुनरागमन भएको छ । उनीहरू तीनै जना एसिया कपको छनोटमा वैकल्पिक खेलाडीमा परेका थिए ।

टोलीमा ऋत गौतम, पवन शरार्फ, भीम सार्की र हरिबहादुर चुहान परेका छन् । त्यस्तै कुशल मल्ल, रासिद खान, कमल सिंह ऐरी, सागर ढकाल, खडकबहादुर बोहोरा, लोकेशबहादुर बम र प्रतिश जिसी परेका छन् । यसअघि टोलीमा परेका विशालविक्रम केसी र तिलकराज भण्डारी भने टोलीाबाट बाहिरिएका छन् ।

श्रीलंकाको स्थानीय टिमसँग अभ्यास खेल खेल्न टोली शनिवार त्यसतर्फ प्रस्थान गर्नेछ । भदौ १९ गतेबाट सुरू हुने एसिया कपमा नेपाल रहेको समूह बी श्रीलंका, बंगलादेश र यूएई छन् भने समूह एमा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत छन् ।

प्रतियोगिताको आफ्नो पहिलो खेल नेपालले २० भदौमा घरेलु टोली श्रीलंकासँग खेल्नेछ । त्यसपछि नेपालले २२ भदौमा बंगलादेश र २४ भदौमा यूएईसँग खेल्नेछ छ ।

सम्बन्धित समाचारहरु