हिमेश पन्त प्रतिनिधि सभा सदस्यको चुनाव लड्ने

हिमेश पन्त प्रतिनिधि सभा सदस्यको चुनाव लड्ने


कमेडी च्याम्पियन हिमेश पन्त आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बन्ने भएका छन् । रवि लामिछाने नेतृत्वको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’बाट उनी चुनाव लड्ने तयारीमा लागेका हुन् । 

धादिङ क्षेत्र नम्बर १ बाट उम्मेदवारका लागि पार्टीको जिल्ला समितिले पन्तको नाम केन्द्रमा सिफारिस गरेको हो ।

राजनीतिमा आउने आफ्नो पहिल्यैदेखिको सोँच रहेको र अहिले आएर  चुनावमा उठ्ने निधो गरेको उनले बताएका छन् । पहिलो रियालिटी शो ‘कमेडी च्याम्पियन’ बाट चर्चामा आएका पन्त धादिङकै स्थानीय हुन्।

Logo