सल्यान दुर्घटनाः घाइते थप एकको पनि मृत्यु

सल्यान दुर्घटनाः घाइते थप एकको पनि मृत्यु


सल्यानको कपुरकोटमा भएको जिप दुर्घटनामा घाइते भएका थप एक जनाको पनि मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते कपुरकोट ६ का तिलकराम वलीको उपचारका क्रममा नेपालगञ्जमा बिहीबार मृत्यु भएको हो । योसँगै दुर्घटनामा जिपमा सवार सबै ९ जनाको ज्यान गएको छ । बाँकी ८ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

बाँकेमा विवाहमा सहभागी भएर घर कपुरकोट फर्कने क्रममा उनीहरु सवार रा १ ज ५६३ नम्बरको जिप बुधबार बिहानको राति सडकबाट तल खसेको थियो । मृत्यु हुनेमा ६ जना एकै घरका हुन् ।

Logo