साउथ स्टार प्रभासको फिल्म ‘आदिपुरुष’को पोस्टर सार्वजनिक

साउथ स्टार प्रभासको फिल्म ‘आदिपुरुष’को पोस्टर सार्वजनिक


साउथ इन्डियन स्टारर प्रभासको बहुप्रतिक्षित फिल्म ‘आदिपुरुष’को पोस्टर सार्वजनिक भएको छ । 

जनवरी १२ मा रिलिज हुने यो फिल्म लामो समयदेखि चर्चामा रहेको छ । ओम राउत निर्देशित यस फिल्मको मोसन पोस्टर पनि अप्रिलमा रिलिज भएको थियो । जसमा प्रभास भगवान राम, सैफ अलि खान लंकेश रावण र कृति सेनन देवी सीताको भूमिकामा देखिने छन् । अहिले आएको पोस्टरमा पनि यी कलाकारहरु त्यस्तै स्वरुपमा देखिएका छन् ।

हालै सार्वजनीक सो पोस्टमा साउथ सुपरस्टार प्रभासको हातमा धनुष देख्न सकिन्छ । तस्विरमा प्रभास एक घुँडा टेकी धनुमा बाण लिएर आकाशतिर लक्ष्य साधेको देखिन्छ ।  यसको पोस्टर सामाजिक सञ्जालमा आएसँगै भाइरल हुन थालेको छ । हिन्दी बाहेक ‘आदिपुरुष’ तमिल, तेलुगु, कन्नड र मलायालममा भाषामा रिलिज हुनेछ । यो चलचित्र थ्रीडीमा रिलिज हुनेछ । यसको टिजर आइतबार अक्टोबर २ साँझ ७ बजे रिलिज हुनेछ । यो चलचित्रलाई भूषण कुमारले निर्माण गरेका हुन् ।

प्रभासको वर्कफ्रन्टको कुरा गर्दा उनी मार्चमा पूजा हेगडेको अपोजिट ‘राधे श्याम’ मा देखिने भएका छन् । यसबाहेक उनी केजीएफ निर्देशक प्रशान्त नीलको फिल्म ‘सलार’ मा पनि देखिदैछन् । योसँगै कृति सेनन पनि वरुण धवनसँग ‘भेडिया’ मा देखिनेछिन् ।

Logo