एनसेलको आकर्षक चाडपर्व योजनाः ५९९ रुपैयाँमै ६० जीबी डेटा

एनसेलको आकर्षक चाडपर्व योजनाः ५९९ रुपैयाँमै ६० जीबी डेटा


नेपालीहरुको महान् चाड दसैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै एनसेल आजियाटा लिमिटेडले नौलो तथा आकर्षक ‘होम एन्ड अवे डेटा प्याक’अफर संचालनमा ल्याएको छ । एनसेलका ग्राहकले अब अझ सुलभ दरमा डेटा सेवाको फाइदा लिन सक्नेछन् ।

यो प्याककाे प्रयोगबाट ग्राहकले शुभकामना आदानप्रदान, चाडपर्वको उत्साह, उमङ्ग साट्नुका साथै आफ्ना प्रियजन र साथीभाइसँग सम्पर्कमा रहिसहन सक्ने कम्पनीले विश्वास लिएको छ । बिहीबारबाट संचालनमा ल्याइएको यो प्याकमा ग्राहकले कर सहितमात्र रु ५९९ मा ३० जीबीहोम डेटा र ३० जीबीअवे डेटा गरि कुल ६० जीबी डेटा पाउँछन् । 

कम्पनीका अनुसार ग्राहकले सजिलै एष्ट्रिक्स १७१२३ एष्ट्रिक्स३०ह्यास डायल गरेर यो प्याक किन्न सक्नेछन् । यसैगरी एनसेल एप र एनसेलको वेबसाइट मार्फत पनि यो प्याक लिन सकिनेछ । 

प्याकमा पाईने कुल ६० जीबी डेटामा ३० जीबीको होम डेटा ग्राहकले घरमा रहँदा प्रयोग गर्नका लागि पाउँछन् भने ३० जीबीको अवे डेटा घर बाहिर बाहिर जहाँपनि चलाउन सक्छन् । यो प्याकअन्तर्गत डेटा चलाउनका लागि ग्राहकले जुन स्थानमा रहि यो प्याक सुचारु गर्दछ त्यही स्थानलाई होम लोकेसन मानिन्छ र अन्य स्थानलाई अवे लोकेसन मानिने कम्पनीले जनाएको छ । 

ग्राहकले आफ्नो आवश्यकता अनुसार आफ्नो होम प्याकको स्थान परिवर्तन पनि गर्न सक्छन् र प्याकमा रहेको डेटाबाट फाइदालिन सक्छन् । यो प्याक सुचारु भएपछि २८ दिनको लागि मान्य रहन्छ । 

यो डेटा प्याकको विषेशता भनेको प्याकमा रहेको डेटा भोलुमखपत भइसकेपछि प्याकको समयावधि रहेसम्म पे एज यू गो (पेजी) दर लागु हुँदैन । होम एण्ड अवे डेटा प्याकमा रहेको डेटा सकिएमाग्राहकले कुनै पनिअन्य डेटा प्याकखरिद गरि डेटा चलाउन सक्छन् । 

डेटा सेवालाई अझै सुलभ बनाउँदै आफ्ना ग्राहककालागि नेपालमा नै पहिलो पटक यस्तो नौलो तथाआकर्षक प्याकल्याउनपाएको हर्षित रहेको एनसेलले जनाएको छ ।  
 

Skip This
Logo