अक्षय कुमारले किने ऋतिक रोशनको जुहुमा भएको विलासी घर ?

अक्षय कुमारले किने ऋतिक रोशनको जुहुमा भएको विलासी घर ?


बलिउड फिल्म इन्डस्ट्रीका स्टारहरु प्रायः सम्पत्ति किन्ने र बेच्ने विषयमा चर्चामा आइरहन्छन् । 

अहिले यहि विषयमा नयाँ नाम अक्षय कुमारको जोडिएको छ । ऋतिक रोशन श्रीमती सुजैन खानसँग छुट्टिएपछि आमाबुवासँग बसेको त्यही क्षेत्रको पलाजो अपार्टमेन्टमा सरेका छन् । ऋतिक लामो समयदेखि त्यहाँ बस्दै आएका थिए र हालै उनी जुहू वर्सोवाको ‘मन्नत’ अपार्टमेन्टमा सिफ्ट भएका थिए जसलाई अहिले ‘वर्तमान’ भनिन्छ ।

रिपोर्टअनुसार ऋतिक रोशन आफ्नो जुहूको घर छोड्नु अघि अक्षय कुमारले यसलाई किन्न इच्छा व्यक्त गरेका थिए । तर, अक्षय कुमारले यो सम्झौता बन्द गरेका छन् वा छैनन् भन्नेबारेमा अहिलेसम्म स्पष्ट जानकारी आएको छैन । तर हालैको क्रियाकलापहरुलाई नियाल्ने हो भने उनले यो सम्झौतालाई अन्तिम रुप दिइसको बताइन्छ ।

ऋतिक रोशनको जुहूको यो घर उनका हजुरबुवा ओमप्रकाश, जो एक समय फिल्म निर्माता पनि थिए, उनको हो । घरको एकमात्र उत्तराधिकारी ऋतिक रोशनकी आमा पिंकी रोशन हुन् । केही समयअघि यो घर बेचेको खबर बाहिर आएको थियो । तर ऋतिकलाई यो घर बेच्नु हुँदैन भन्ने लागेको छ । यो घरसँग ऋतिकका धेरै भावनाहरु जोडिएको बताइन्छ । 

Logo