गोठाटार गोलीकाण्डः यी हुन् अन्सारीको हत्यामा पेस्तोल उपलब्ध गराउने सहयोगी

गोठाटार गोलीकाण्डः यी हुन् अन्सारीको हत्यामा पेस्तोल उपलब्ध गराउने सहयोगी


काठमाडौंको गोठाटारमा भएको लाल मोहम्मद अन्सारीको हत्या आरोपमा पक्राउ परेका तीन जनालाई प्रहरीले सार्वजनिक गरेको छ । काठमाडौं प्रहरी परिसरले शुक्रबार उनीहरुलाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महागरपालिका -१६ का २१ वर्षीय महोरम मियाँ, वीरगञ्ज महानगरपालिका -१५ का १९ वर्षीय रेहान मियाँ र मकवानपुर बकैया गाउँपालिका -१ की सुमी भनिने सुस्मिता स्याङताङ रहेका छन् । त्यसमध्ये महोरम र रेहानले अन्सारीको हत्याको योजना बनाउनुका साथै पेस्तोल उपलब्ध गराएको प्रहरीको अनुसन्धानमा खुलेकाे छ । सुमीलाई भने अन्सारीको गतिविधि रेकी गर्न खटाइएको थियो ।  

दुई साताअघि गोठाटारमा अज्ञात समूहले सर्लाहीको सिसौरिया-६ स्थायी घर भई काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-८ गोठाटारस्थित एडभेञ्चर इन्टरप्राइजेज गार्मेन्ट सञ्चालक मोहम्मदको गोली हानी हत्या गरेको थियो । घटनाको अनुसन्धानका लागि काठमाडौं उपत्यका अपराध कार्यालयका प्रमुख जनक भट्टराईको संयोजकत्वमा समिति गठन भएको थियो ।

Logo