‘नेपालमा सांस्कृतिक विश्वविद्यालय स्थापना गर्नुपर्छ’ -मन्त्री गहतराज

‘नेपालमा सांस्कृतिक विश्वविद्यालय स्थापना गर्नुपर्छ’ -मन्त्री गहतराज


युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले नेपालमा सांस्कृतिक विश्वविद्यालय स्थापना गर्नुपर्ने बताएका छन् । 

शुक्रबार संगीतकार संघ नेपालले आयोजना गरेको श्रष्टा सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मन्त्री गहतराजले नेपालमा सांस्कृतिक विश्वविद्यालय स्थापना गर्नुपर्ने बताएका हुन् । कला, साहित्य र संगीतको क्षेत्रमा काम गर्नेहरुलाई डिग्री दिनका लागि सांस्कृतिक विश्वविद्यालय आवश्यक रहेको उनले बताए । 

मन्त्री गहतराजले विषयगत शिक्षा दिनुपर्नेमा बताए । उनले आफुले खेल क्षेत्रलाई पनि शिक्षाको रुपमा अगाडी बढाउन पहल गरेको भन्दै उनले खेलकुद विश्वविद्यालय स्थापनाको लागि पनि छलफल शुरु गरेको बताए । 

उनले भने, ‘अब खेललाई हामीले शिक्षाको रुपले अगाडी बढाउने पहल शुरु गरेजस्तै हामीले एउटा पहल थालौँ । सांस्कृतिक विश्वविद्यालयको कन्सेप्टभित्र कसरी लाने ? सबैलाई जीवन दिने मानिसहरुको तेरो सर्टिफिकेट कति हो भनि सोध्नुपर्ने जस्तै । उसले डिग्री हासिल गर्न मार्कसिट त लिनै पाउँदैन नि । कतिबेला उसले साधना गर्छ भन्ने कुरा छ । एउटा खेलाडी खेल मैदानमा हुन्छ । उसले कतिबेला कोर्स पढ्न पाउँछ ? त्यसैले यो विषयगत शिक्षा आर्जन नगर्दासम्म हामी अगाडी बढ्न सक्दैनौँ । प्रत्येक चिजको सम्मान भनेको विषयगत शिक्षा र विषयगत डिग्रीले मात्रै हो भन्ने मलाई लाग्छ । त्यसैले यो छलफल पनि आगामी दिनमा थालौँ ।’
 
मन्त्री गहतराजले नेपालको सांगीतिक क्षेत्रले नेपालको राजनीतिक प्रक्रियाहरुमा महत्वपूर्ण भुमिका खेलेको भन्दै प्रशंसा पनि गरे । 

Logo