ह्युन्डाई भेन्यु कार नेपाली बजारमा

नेपालका लागि ह्युन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘ह्युन्डाई भेन्यु’ कार नेपाली बजारमा भित्र्याएको छ ।

हाल बजारमा उपलब्ध टाटा नेक्सन, महिन्द्रा एक्सयूभी ३००, फोर्ड इकोस्पोर्ट र सुजुकी भिटारा ब्रिजासंग यो कारले प्रतिस्पर्धा गर्ने भएको छ।  परिष्कृत प्रविधि र आधुनिक डिजाइन, प्रिमियम लुक्ससहितको ह्युन्डाईको यो सबकम्प्याक्ट एसयूभी कार एक्स्टेरियर, इन्टेरियर, पर्फर्मेन्स, डिजाइन, इन्जिनियरिङ, सुरक्षा तथा मूल्यका दृष्टिले निकै उपयोगी हुने जनाएको छ।

भेन्युको १.२ लिटरको पेट्रोल इन्जिन कप्पा ड्युअल भीटीभीटी प्रविधिमा आधारित छ । यसको ११९७ सीसीको इन्जिनले ८३ पीएस प्रति ६००० आरपीएमको अधिकतम शक्ति जेनेरेट गर्दछ भने ११.७ केजीएम प्रति ४००० आरपीएमको टर्क पैदा गर्दछ । यसैगरी कप्पा ड्युअल भीटीभीटी प्रविधिमा आधारित अर्को इन्जिन अप्सन १.० लिटरको ९९८ सीसीको इन्जिनले १२० पीएस प्रति ६००० आरपीएमको अधिकतम शक्ति जेनेरेट गर्दछ भने १७.५ केजीएम प्रति १५०० देखि ४००० आरपीएमको टर्क पैदा गर्दछ ।

भेन्यु डिजल इन्जिनमा पनि उपलब्ध छ । १३९६ सीसीको डिजल इन्जिन यू२ १.४ सीआरडीआई इन्जिन हो । यसले ९० पीएस प्रति ४००० आरपीएमको अधिकतम पावर जेनेरट गर्दछ भने २२.४ केजीएम प्रति १५०० देखि २७५० आरपीएम टर्क पैदा गर्दछ ।

यो कारमा स्मार्ट इलेक्ट्रिक सन रुफ, आकर्षक क्रोमयुक्त फ्रन्ट ग्रिल तथा स्पोर्टी रुफ रेल छ । यसमा रहेको आर १६ डायमन्ड कट एलोए ह्विल तथा हिल एसिस्ट कन्ट्रोलले नौलो र उत्साहजनक सवारीको अनुभव दिलाउँछ ।

यसमा रियोस्ट्याटसहितको एडभान्स सुपरभिजन क्लस्टर, ड्राइभर रियर भ्यू मिरर, भेइकल स्टेबिलिटी म्यानेजमेन्ट तथा इलेक्ट्रोनिक स्टाबिलिटी कन्ट्रोल छन् । भेन्युमा वायरलेस फोन चार्जर, क्रुज कन्ट्रोल, टेलेमेटिक्ससहितको २०.३२ सेन्टिमिटरको एचडी डिस्प्ले, एयर प्युरिफाइर तथा रियर एसी भेन्ट पनि छ । भेन्यु स्टारडस्ट, पोलार ह्वाइट, लाभा ओरेन्ज, डिप फरेस्ट, फियरी रेड, ताइफुन सिल्भर र डेनिम ब्लु गरी सात रङमा उपलब्ध गराइएको छ ।

नेपाली बजारमा यो कारको मूल्य ३४ लाख ९६ हजार रुपैयाँदेखि ५५ लाख ९६ हजार रुपैयाँसम्म पर्दछ ।