एन्फा ‘हेडक्वाटर’ थप एक साता बन्द

एन्फा ‘हेडक्वाटर’ थप एक साता बन्द


काठमाडौं ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले केन्द्रीय कार्यालय थप एक साता बन्द गर्ने भएको छ । कोरोना संक्रमण फैलिएसँगै एन्फाले साउन २८ गते सार्वजनिक सूचना जारी गर्दै एक हप्ता केन्द्रिय हेडक्वार्टर बन्द गर्ने निर्णय गरेको थियो ।

सरकारले बिहिबारदेखि लागू गर्न लागेको निषेधाज्ञालाई ध्यानमा राखेर एन्फाले थप एक साता केन्द्रीय कार्यालय बन्द गर्ने निर्णय गरेको हो । एन्फाका एक पदाधिकारीका अनुसार केन्द्रीय कार्यालय थप एक साता बन्द रहनेछ ।

कार्यालय खुलेसँगै विभिन्न कामले मानिसको भिड लाग्ने भएकाले केन्द्रीय कार्यालय थप एक साता बन्द गर्न लागिएको हो । कोरोनाको संक्रमण फैलन थालेसँगै घरेलु खेलकुदका सम्पूर्ण गतिविधि, प्रतियोगिता तथा प्रशासनिक काम बन्द भएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले समेत अतिआवश्यक काम बाहेकका सम्पूर्ण प्रशासनिक गतिविधि बन्द राख्ने निर्णय गरेको छ ।

यस्तै, नेपाल ओलम्पिक कमिटी लगायत विभिन्न खेलकुद संघका दैनिक गतिविधि सहित प्रशासनिक काम अनिश्चित समयका लागि स्थगित अवस्थामा छ ।

Skip This
Logo