आज थप १९ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित हजारबाट झरे

आज थप १९ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित हजारबाट झरे


नेपालमा पछिल्लो २४ घण्टामा थप १९ जनालाई कोरोना भाइरसको संक्रमण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा एक हजार ३३२ जनाको नमुना परीक्षण गरिएकोमा थप १९ जनामा संक्रमण पुष्टि भएको हो । यस अवधिमा ९६ जना संक्रमणमुक्त भएका छन् भने कसैको मृत्यु भएको तथ्यांक उपलब्ध छैन ।  

हाल देशभरमा ९२५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । 

Logo