मेयर बालेनकाे पुत्ला दहनसहित प्रदर्शन

मेयर बालेनकाे पुत्ला दहनसहित प्रदर्शन


काठमाडौंको बांगेमुढास्थित सामुदायिक भवनमा महानगरपालिकाले डोजर चलाएको विरोधमा स्थानीय वासिन्दाले शनिबार साँझ प्रदर्शन गरेका छन् ।

प्रदर्शनकारीहरुले काठमाडौं महानगरका मेयर बालेन साहविरुद्ध नाराबाजी गरेका छन् । नारावाजीको क्रममा मेयर शाहको पुत्ला पनि जलाएका छन् । 

‘डोजर आतंक बन्द गर’, ‘नेवा विरोधी होसियार’ जस्ता नारावाजी गर्दै बांगेमुढा क्षेत्र परिक्रमा गरेका थिए । सो क्रममा आक्रोशित स्थानीय वासिन्दाले महानगरपालिका– २५ का वडाध्यक्षविरुद्ध पनि नाराबाजी गरेका छन् ।

महानगरले गत शुक्रबार वडा नम्बर २५ मा रहेको एक सामुदायिक भवन डोजर लगाएर भत्काएपछि स्थानीय वासिन्दा आन्दोलनमा उत्रिएका हुन् ।

स्थानीय वासिन्दाको आन्दोलनमा समर्थन गर्न काठमाडौं महानगरका मेयरका उम्मेदवार सुमन सायमीलगायत पुगेका थिए । सार्वजनिक मन्तब्य राख्ने क्रममा सायमीले सामुदायिक भवनमा डोजर लगाएर काठमाडौं महानगरले कानुन विपरीत काम गरिरहेको आरोप लगाएका थिए ।

Logo