कांग्रेसका मधेश प्रदेशका प्रचार विभाग प्रमुख गुप्ताले दिए राजीनामा

कांग्रेसका मधेश प्रदेशका प्रचार विभाग प्रमुख गुप्ताले दिए राजीनामा


नेपाली कांग्रेसका मधेश प्रदेशका प्रचार विभाग प्रमुख नितिशकुमार गुप्ताले राजीनामा दिएका छन् ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा आफूलाई नसमेटेको भन्दै गुप्ताले पदबाट राजीनामा दिएका हुन् । उनी प्रदेशसभा समानुपातिकतर्फको उम्मेदवारका आकांक्षी थिए ।

उनले एक विज्ञप्ति  जारी गर्दै भनेका छन्, ‘नेपाली कांग्रेस एक लोकतान्त्रिक पार्टी हो । तर प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनका क्रममा नेपाली कांग्रेस म जस्तो अपांग व्यक्तिका लागि संवेदनशिल नभएको मैले महसुस गरेकाे छु । म एउटा अपाङ्ग व्यक्ति भएर अधिकारको लागि समावेशीको कुरा गर्दा प्रदेश नेतृत्वले कुरा नसुन्ने र बेवास्ता गरेको देखियो । कांग्रेस प्रदेश कार्यसमिति पदाधिकारीलाई समेत वेवास्था गर्‍यो ।’

विज्ञप्ति –

Logo