काठमाडौं महानगरमा निःशुल्क एम्बुलेन्स सेवा

काठमाडौं महानगरमा निःशुल्क एम्बुलेन्स सेवा


दशैं बिदाको अवधिभरमा काठमाडौं महानगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा दिने भएको छ । दशैं बिदामा प्राय एम्बुसेन्स सेवा बन्द हुने र नागरिक बिरामी पर्दा एम्बुलेन्स नपाउने समस्या नपरोस् भन्दै महानगरले नागरिकको सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा दिन थालेको हो । 

महानगरले एक सूचना प्रकाशित गरी एम्बुलेन्स सेवाका लागि १०२ तथा डेंगु समस्याबारे जानकारी लिन ११८० मा फोन गरेर सेवा लिन सकिने जनाएको छ । 

महानगरले हाल काठमाडौंसहित देशैभरिमा डेंगु रोग महामारीकै रूपमा फैलिरहेकाले नागरिकको उपचारका लागि स्वास्थ्य सेवा पनि उपलब्ध गराउने जनाएको छ । 

महानगरले आफ्ना स्वास्थ्य स्वयंसेवक खटाई डेंगुबारे जानकारी लिने र बिरामीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइने जनाएको हो । यति मात्र नभई दशैं बिदा अवधिभरमा महानगर पालिकाले ५५८ स्वयंसेवक खटाउने भएको छ । उनीहरूले महानगरका नागरिकलाई सिटामोल र जीवनजल वितरण गर्ने योजना बनाइएको छ ।

Logo