सिट बाँडफाँटको टुंगो लगाउन गठबन्धनका नेताहरू बालुवाटारमा

सिट बाँडफाँटको टुंगो लगाउन गठबन्धनका नेताहरू बालुवाटारमा


सत्ता गठबन्धनको बैठक अहिले बसिरहेको छ । 

सोमबार प्रधानमन्त्री निवास बालुवाटारम आगामी प्रतिनिधि सभा र र प्रदेश सभा सदस्य पदका लागि सिट बाँडफाँटको अन्तिम टुङ्गो लगाउन गठबन्धनका शीर्ष नेतासहित कार्यदल सदस्यहरू छलफलमा जुटेका हुन् ।

आइतबार सहमति नभएपछि आजका लागि बैठक तय भएको थियो। सिट बाँडफाँटमा कांग्रेस र माओवादी केन्द्रले जसपा र नेकपा एकीकृत समाजवादीलाई पेलेको भन्दै असन्तुष्टि बढेको छ ।

हालै बसेको जसपा नेपालको कार्यकारिणी समितिको बैठकले गठबन्धनमा सिटको बाँडफाँटसम्बन्धी छलफलमा पार्टीका लागि सन्तोषजनक अवस्था नदेखिएको निष्कर्ष  निकाल्दै अन्य राजनीतिक दलहरूसँग पनि सीट तालमेल गर्न सकिने र सो पनि हुन नसकेको अवस्थामा जसपा एक्लै निर्वाचनमा भाग लिने निर्णय गरिसकेको छ । 

Logo