एमाले प्रवेश गरे छक्कबहादुर लामा

एमाले प्रवेश गरे छक्कबहादुर लामा


नेकपा माओवादी केन्द्रका नेता छक्कबहादुर लामा एमाले प्रवेश गरेका छन् । सोमबार बालकोटमा अध्यक्ष केपी  शर्मा ओलीको हातबाट टीका ग्रहण गर्दै लामा एमाले प्रवेश गरेका हुन् ।

२०७४ सालको निर्वाचनमा माओवादीले टिकट नदिएपछि बागी उठेर जितेका लामा पछि माओवादीमै समाहित भएका थिए । अहिले पनि टिकट वितरणका क्रममा किचलो भएपछि लामा एमाले प्रवेश गरेका हुन् । 

हुम्लामा लामा पार्टी भन्दा पनि व्यक्तिगत रुपमा बलिया नेताका रुपमा परिचित छन्। त्यसकारण उनको बहिर्गमनले माओवादीलाई हुम्लामा ठूलै घाटा लाग्ने विश्लेषण गरिएको छ । 

आगामी निर्वाचनका लागि माओवादीले  हुम्लामा प्रतिनिधि सभाको उम्मेदवारमा कार्चेन लामालाई सिफारिस गरेको छ। 

Logo