कक्षा १२ को पूरक परीक्षा केन्द्र तोकियो

कक्षा १२ को पूरक परीक्षा केन्द्र तोकियो


राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको परीक्षा केन्द्र तोकेको छ । 

कार्यालयले गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षामा नन ग्रेड ल्याएका विद्यार्थीको ग्रेडवृद्धि (पूरक) परीक्षाको लागि परीक्षा केन्द्र तोकेको हो । नतिजा अनुसार १ लाख ८८ हजार ४ सय १० जना विद्यार्थीले नन ग्रेड ल्याएका मध्ये एक लाख ३० हजार ८ सय ७८ जनाले ग्रेड वृद्धि परीक्षा दिन पाउने कार्यालयले जनाएको छ । 

परीक्षामा नियमिततर्फ ३ लाख ६३ हजार १ जना, ग्रेडवृद्धितर्फ ३० हजार ४५ जना र आंशिकतर्फ ३ हजार १ सय ३२ जना गरी ३ लाख ९६ हजार १८५ जना सहभागी भएका थिए । परीक्षा यही असोज ३० र ३१ गते सञ्चालन हुनेछ ।
 

Logo