जसपाको निर्णयले गठबन्धनमा सिट बाँडफाँटमा झनै सकस, नेताहरु बिहानैदेखि छलफलमा

जसपाको निर्णयले गठबन्धनमा सिट बाँडफाँटमा झनै सकस, नेताहरु बिहानैदेखि छलफलमा


जनता समाजवादी पार्टीको निर्णयले सत्तारुढ पाँचदलीय गठबन्धनको सिट बाँडफाँट झन सकसपूर्ण बनेको छ ।  

पटक–पटक बैठक बस्दा पनि बाँडफाँट टुंगिन नसकेकै बेला जसपाले १५ सिट पाउने समाचार बाहिरिएपछि पार्टीको कार्यकारिणी समितिको बैठकले गठबन्धन बाहेकका दलहरुबाहेकसँग तालमेलको ढोका खुला राख्ने निर्णय गरेको थियो । बैठकमा अरु नेताहरुले पनि सिट बाँडफाँटमा असन्तुष्टि राखेको बुझिएको छ ।

हिजो पनि शिर्ष नेताहरुको बैठक बसेको थियो तर जसपालाई अन्य दलहरुले मनाउन सकिरहेका छैनन् । आज पनि शिर्ष नेताहरु बिहान साढे ८ बजेदेखि नै छलफलमा जुटिरहेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा कार्यदल सदस्यहरूको बैठकमा प्रतिनिधि सभाका केही निर्वाचन क्षेत्र र प्रदेश सभाका निर्वाचन क्षेत्रबारे छलफल भइरहेको छ ।

शिर्ष नेताहरुले आजै बाँडफाँट टुंग्याउने बताएपनि सम्भावना कम रहेको बैठकमा सहभागि जसपाका प्रवक्ता मनिश सुमनले जानकारी दिP। सिट बाँडफाँटमा कांग्रेस र माओवादी केन्द्रले जसपा र नेकपा एकीकृत समाजवादीलाई बेवास्ता गरेको भन्दै गठबन्धनमा असन्तुष्टि बढेको छ । 

Skip This
Logo