सिट बाँडफाट टुंगो लगाउन बैठक ३ बजे बस्ने

सिट बाँडफाट टुंगो लगाउन बैठक ३ बजे बस्ने


सिट बाँडफाँटको टुंगो लगाउन सत्तारुढ गठबन्धनको बैठक ३ बजे बस्दैछ ।

नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनले आगमी ४ मंसिरका लागि तय भएको निर्वाचनमा सिट वाँडफाँट गरी उम्मेदवारी दिने बिषयमा छलफल ३ बजे बस्न लागेको हो ।  झन्डै दुई महिना देखी जारी प्रयासलाई आज अन्तिम रुप लिने नेताहरुले बताएका छन् । 

गठबन्धनको मुख्य सहयोगी जनता समाजवादी पार्टी, नेपालले गठबन्धन भन्दा बाहिर पनि विकल्प खोज्ने निर्णय गरेको केही दिनमा नै बसिरहेको बैठकले प्रतिनिधिसभाका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने पार्टीको नाम टुंगो लगाउने बुझिएको छ ।

हालसम्म नेपाली कांग्रेसले ८५, नेकपा माओवादी केन्द्रले ४४, नेकपा एकीकृत समाजवादीले १५, ,जनता समाजवादी पार्टीले १३ र राष्ट्रिय जनमोर्चाले २ क्षेत्र पाउने गरी छलफल भइरहेको नेताहरुले बताएका छन् । यसै सेरोफेरोमा आज सहमति गराउन सत्तारुढ गठबन्धनको बैठक बस्न लागेको हो । 

Logo