प्रधानमन्त्री देउवाले लगाएनन् दसैंको टीका

प्रधानमन्त्री देउवाले लगाएनन् दसैंको टीका


प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्ष दसैंको टीका लगाएनन्।

भ्रातृशोकमा रहेका कारण उनले टीका नलगाएको र अरूलाई पनि नलगाइदिएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।

प्रधानमन्त्री देउवाका भाइ प्रेमबहादुर देउवाको निधन भएको एक वर्ष पुगेको छैन। क्यान्सरको उपचार क्रममा गत जेठ महिनामा उनको निधन भएको थियो।

Logo